विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागलुङ जिल्लाको निसी खोला गाउँपालिकामा रहेको दुई लघु जलविद्युतको उत्पादन बन्द भएको छ । निरन्तर वर्षाका कारण आयोजनाकाे विद्युत गृहमा क्षति पुग्दा पाँच दिनदेखि विद्युत केन्द्रको उत्पादन बन्द भएको हो ।

निसी खोला पहिलो र दोस्रो जल विद्युतगृहको उत्पादन बन्द हुँदा करिब १० हजार ग्राहकको सेवा आपूर्ति बन्द हुन पुगेको छ । निसीखोलामा रहेका विद्युत केन्द्रमा बाढी पस्दा र पहिराले नहर बगाउँदा उत्पादन बन्द भएको गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीले बताए ।

‘निसीखोला पहिलो लघु जलविद्युत् आयोजनाको विद्युत गृहमा बाढी बसेर अवरुद्ध भएको छ’, उनले ऊर्जाखबरसँग भने, ‘निसी खाेला दोस्रोको नहर बगाएको छ ।’

पहिराले नहर जोखिममा पर्नेबित्तिकै बनाउन सुरु गरे पनि अझै विद्युतगृह सञ्चालनमा ल्याउन सकिएको छैन् । विद्युतगृह सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको घर्तीले बताए ।

दुईवटा विद्युत आयोजना अवरुद्ध हुँदा दर्जनौं साना तथा घरेलु उद्योगहरू ठप्प भएका छन् । विद्युत अवरुद्ध भएपछि दँसैसमेत खल्लो भएको स्थानीयको भनाइ छ ।

दुई विद्युत् आयोजना अवरुद्ध हुँदा निसीखोला गाउँपालिका–३, ४ र ५ का करिब १० हजार बासिन्दा अन्धकारमा बस्न बाध्य भएको घर्तीले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit