विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्यत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरी अन्तर्गत जन्डौलमा आय काउन्टर सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच मधेश प्रदेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले उक्त  काउन्टरको उद्घाटन गरेका हुन् । काउन्टरबाट अग्निसाइर कृष्णासरबन गाउँपालिकाका सम्पूर्ण ग्राहक, तिरहुत गाउँपालिकाको वडा ५  र कञ्चनपुर नगरपालिकाका केही स्थानका गरी करिब १२ हजार ग्राहक प्रत्यक्ष लाभान्वित हुने केन्द्रका प्रमुख अरुणकुमार साहले जानकारी दिए ।

कार्यक्रममा वितरण केन्द्रका प्राविधिक प्रमुख जुही झाले अब ग्राहकले मासिक रूपमा समयमै घर नजिकैको काउन्टरबाट बिजुलीको बिल तिरी २ प्रतिशत छुट पाउन सक्ने बताए । अनलाइन भुत्तानी गर्न नजानेका ग्राहकले कम रकमको बिल तिर्न बढी पैसा यातायात खर्चमा बेहोर्नु परेको जनगुनासो बढेका कारण आय काउन्टरको स्थापना गरिएको  र अब त्यस्तो समस्याको अन्त्य भएको प्राविधिक प्रमुख झाले बताए । 

त्यस्तै, महुली लघुवित्त सहकारी संस्थाका निर्देशक प्रभुनारायण चौधरीले कञ्चनपुर वितरण केन्द्रले ३१ भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितहरु परिवारको सुरक्षित आवासका लागि २५ केभिए को ट्रान्सर्फमरसहित विद्युत् लाइन विस्तार गरी निःशुल्क मिटर उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरे । 

कार्यक्रममा उपस्थित गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीद्वारा अग्नि साइर कृष्ण सरबन गाउँपालिका किसानको सिँचाइ मिटरको सम्पूर्ण महसुलको रकम पालिकाले तिरिदिने घोसणासमेत गरे ।  कार्यक्रमको अन्त्यमा यस क्षेत्रमा भएको विद्युत चुहावट न्यूनीकरण गर्न सबै पालिकाका प्रतिनिधिले प्राधिकरणलाई समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अग्नि साइर कृष्ण सरबन गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादव, प्राधिकरणको बोदेबर्साइन् वितरण केन्द्र प्रमुख संयोग विक, अग्नि साइर कृष्ण सरबन गाउँपालिका १ र ४ का वडा अध्यक्ष सब्जुल मिया र तेजनारायण यादव, सोही गाउँपालिकाका कर्मचारी योगेन्द्र यादव, सामजिक अभियन्ता प्रकाश मेहता कञ्चनपुर वितरण केन्द्रका लेखा प्रमुख कल्पना चौधरी, सहायक इन्जिनियर उपेन्द्र महतो, प्रशासन प्रमुख श्यमानन्द चौधरी, अन्य फाँट प्रमुख थाई कर्मचारी, ज्यालादारी, गोटा गिन्ती मिटर रिडर सेवा करारका कर्मचारी, माछापुछ्रे बैंकको महुली शाखाका प्रबन्धक र बहुसंख्यक स्थानीयबासीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३