विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५ लाख स्मार्ट विद्युत मिटर खरिद प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले घरायसी उपभाेक्ताकाे घरमा जडान गर्ने गरी नयाँ स्मार्ट मिटर खरिद प्रक्रिया अघि बढाएकाे हाे ।

नयाँ स्मार्ट मिटर गरिद गरी ग्राहककाे घरमा अहिले भएका पुराना मिटर प्रतिस्थान गर्ने प्राधिकरणकाे याेजना छ । अहिले घरायसी ग्राहकका लागि सिंगल फेज स्मार्ट विद्युत मिटर गर्न लागिएकाे हाे ।

सिंगल फेज स्मार्ट मिटर खरिद गर्न टेण्डर आह्वान भइसकेकाे प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । ‘सिंगल फेज मिटर खरिद गर्न टेण्डर आह्वान भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘ठेकेदार छनोट गर्ने प्रक्रिया पूरा भएपछि स्मार्ट मिटर खरिद गर्न सुरु गरिनेछ ।’

उनले टेण्डर प्रक्रिया पूरा हुन अब २ साताको समय मात्रै बाँकी रहेको बताए । टेण्डर प्रक्रिया पूरा भए लगत्तै ठेकेदार छनोट गरी स्मार्ट विद्युत मिटर खरिद प्रक्रिया अघि बढाइने पनि उनले बताए ।

 प्राधिकरणले मिटर रिडिङ प्रणालीलाई डिजिटलाइज गर्न स्मार्ट विद्युत मिटर जडान गर्न खरिद प्रक्रिया अघि बढाएको हो । अबको आवश्यकता नै स्मार्ट विद्युत मिटर भएकाले खरिद प्रक्रिया अघि बढाइएको न्यौपानेले बताए । विभिन्न चरणमा स्मार्ट मिटर खरिद गरी ग्राहकको घरमा जडान गरिने उनले बताए ।

अहिले पनि प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गत ९० हजार ग्राहकको घरमा स्मार्ट विद्युत मिटर जडान कार्य भइरहेको छ । अहिलेसम्ममा यी वितरण केन्द्र अन्तर्गतका ५० हजार बढी घरमा स्मार्ट विद्युत मिटर जडान भइरहेको छ ।प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने ग्राहकलाई एसएमएसबाट विद्युतको बिल पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३