काठमाडौं । नबिल बैंक र ल्याण्डमार्क होटल एन्ड रिसोर्टबीच छुटको लागी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधाकाे लागी होटलसँग सम्झौता गरेको हो ।
उक्त सम्झौता अन्र्तगत बैंकका ग्राहकहरूले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकबर्गले बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । हाल सम्म बैंकले २५५ शाखा मार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।