काठमाडौँ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । यो प्याकेज चैत ३१ गते आइतबार साँझ नवलपरासीको देवचुलीस्थित मिरायामा लागु हुने उक्त रिसोर्टले जनाएको छ । रिसोर्टमा आइतबार नयाँ वर्ष सांस्कृतिक साँझ कार्यक्रमको आयोजना हुने छ । सीजी हस्पिटालिटी अन्तर्गत सञ्चालनमा रहेको उक्त रिसोर्ट नेपालको प्रिमियर इको–वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित छ ।
सिजी शाश्वतधामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ । हरियाली जङ्गल, पवित्र प्रकृति र आत्मिक उन्नतिको अद्भुत समिश्रण भएको मिरायामा नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिने रिर्सोटले जनाएको छ ।
रिसोर्टका अनुसार कार्यक्रममा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन् । कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुन लागेको हो । अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बिबिक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ । स्वाद, संगीत र संस्कृतिको समिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ ।
मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ९ हजार ९ सय ९९ मा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ । ४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज रू. ४ हजारमा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ । डिनर मात्रको दर प्रतिव्यक्ति ६ हजार ५०० तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो । ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको ३ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ । स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् ।
मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जंगल वाक, साइकलिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ ।
नयाँ वर्षलाई संगीत, संस्कृति, स्वाद र शान्तिको अनुपम संगममा मनाउन चाहने जोडी, परिवार वा साथीको समूहका लागि मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टको यो विशेष साँझ एक प्रेरणादायी र अविस्मरणीय अनुभव बन्ने रिसोर्टले जनाएको छ ।