काठमाडौं । भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न मंगलबार (२० गते) आवेदन दिएको हो ।
सय रुपैयाँ अंकितमा १६ रुपैयाँ थप गरेर सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट सेयर निष्कासन लागि स्वीकृत पाएपछि प्रिमियसहित प्रतिकित्ता ११६ रुपैयाँको दरले १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १ सय ६२ कित्ता सेयर निष्कासन गर्नेछ ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।