काठमाडाैं । सेगवे इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक आई हव प्रालिले उपत्यकाका १० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । सेगवेले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न विभिन्न ठाउँमा चार्जिङ स्टेसनको निर्माण गर्न लागेको हो ।
चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने र कम समयमै धेरै राइडरले चार्जिङ सेवा प्राप्त गर्नसक्ने कम्पनीको भनाई छ । चार्जिङ स्टेसनको निर्माणले ग्राहकहरूको यात्रालाई थप चिन्तामुक्त र सुविधाजनक बनाउने विश्वास लिइएको छ ।
स्टेसन भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँच योग्य स्थानमा निर्माण गरिनेछ । जहाँबाट राइडरले सहज रुपमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई सहजै चार्ज गर्न सक्नेछन् ।