विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले प्राधिकरणमा कार्यरत स्थायी, करार, म्यादी, ज्यालादारी, सेवा करार र गोटा गन्तीका मिटररिडरहरूलाई समान रुपमा एक महिना बराबरको तलब रकम वार्षिक उत्सत भत्ता उपलब्ध गराउन आग्रह गरेको छ ।

नेपालका सरकारी, सार्वजनिक एंव निजी क्षेत्रका कार्यालयहरूबाट सम्पादन हुने कार्यहरूमध्ये सर्वाधिक र जोखिमयुक्त कार्य सम्पादन गरिरहेका प्राधिकरणका सवै कर्मचारीलाई एक महिनाको तलव रकम प्राधिकरणको ३७ औ वार्षिकउत्सव भत्ता उपलब्ध गराउन आग्रह गरिएकाे  कर्मचारी युनियनले जनाएकाे छ ।

कर्मचारीहरूको लगाव, योगदान तथा कुसल नेतृत्वका कारण ग्राहक वर्गको सकारात्मक भावनाको विकास हुनुका साथै वार्षिक रुपमा नाफा कमाउन सफल हुँदै आएकोले थप मनोवल वृद्धिका लागि मुनाफाबाट उत्सावभत्ता उपलब्ध गराउन आग्रह गरिएकाे हाे । 

यस्तै, प्राधिकरणले आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको विद्युत सेवालाई गुणस्तरयुक्त बनाउन वितरण प्रणालीमा यथाशिघ्र सुधार गर्न आग्रह गरेको छ । प्राधिकरण कर्मचारी सेवा सतै विनियमावली २०७५ मा व्यवस्था गरेको तह–४ को अतिरिक्त मानको तलव तत्काल उपलब्ध गराउन माग गरेको छ ।

प्राधिकरणले २०७६/७७ देखि मुनाफा आर्जन गरिरहेकोले बोनस ऐन २०३० को दफा ५ अनुरुप कर्मचारीलाई बोनस रकम उपलब्ध गराउन पनि आग्रह गरेको छ । साथै, ऐनमा नै व्यवस्था भएको आवास सुविधाको सम्दर्भमा समयानुकुल वृद्धि गरी प्रतिमहिना १५ हजार रुपैयाँ उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३