विद्युत अपडेट

  • प्राधिकरण : ९१६० मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५५९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३१९२ मे.वा.घन्टा
  • आयात : ५१४१ मे.वा.घन्टा
  • निर्यात : १८२२ मे.वा.घन्टा
  • ट्रिपिङ : २१५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ४८२०३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४८० मे.वा.
२०८२ जेठ २७, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी ३ महिनादेखि विद्युत्‌विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्सफर्मरमा समस्या आएपछि आपूर्ति बन्द भएको हो ।

विद्युत् आपूर्ति बन्द हुँदा नापानी, गढीगाउँ, मणिसाँघु, डिल्लीकोट र मणिगाउँमा सेवा अवरुद्ध भएको स्थानीय परेक ऐडीले बताए । गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प छ । तर, मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ ।

बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको अर्का स्थानीय गणेश ऐडी बताउँछन् । आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको जानकारी दिए ।

गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार आयोजना मर्मतका लागि स्थानीय सरकारले ३ लाख रुपैयाँ विनियोजन गरेको छ । आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने वडा अध्यक्षको भनाइ छ । अब चाँडै विद्युत सेवा सञ्चालनका लागि आवश्यक काम हुने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३