विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ग्रिन इनर्जी अन्ट्रप्रेनर नेपाल (ग्रिन) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) र जलविद्युत् प्रवर्द्धकले मिलेर जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्काशन (आइपिओ) निष्काशनमा बिचौलियाको गतिविधिलाई निरुत्साहित गर्न ध्यानाकर्षण गराएको छ । बुधबार संस्थाले विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण गराएको हो । अर्बौं रुपैयाँ बराबरको आइपिओ रोकिँदा आयोजना प्रवर्द्धक, सेयर लगानीकर्ता तथा सरोकारवालालाई समेत चिन्तित तुल्याएको ग्रिनले उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘झन्डै दुई वर्षदेखि ऊर्जा तथा जलविद्युत् कम्पनीहरूको अर्बौँ रुपैयाँ बराबरको प्राथमिक सेयर निष्काशन (आइपिओ) तथा हकप्रद सेयर निष्काशन रोकिएको छ । यो विषयले आयोजना प्रवद्र्धक, सर्वसाधारण तथा सरोकारवाला निकायलाई मात्रै होइन यस क्षेत्रमा नयाँ लगानीका लागि पर्खिरहेका लगानीकर्तालाई समेत चिन्तित तुल्याएको छ । पछिल्लो समय यी विषयहरू विभिन्न सञ्चारमाध्यम तथा यस क्षेत्रका लगानीकर्ता तथा विज्ञहरूले निरन्तर उठाउँदै आएका छन् ।’

खास गरी लामो समयसम्म सेबोन नेतृत्वविहीन भएको र संसदको सार्वजनिक लेखा समितिले गरेको निर्देशनले आइपिओ निष्काशन रोकिने अवस्था आएको भन्दै बिनाअध्ययन समितिले तोकेको मापदण्ड साविकका ऐन, नियम र निर्देशिकाभन्दा बाहिर रहेकोले सेबोनका कर्मचारीलाई काम गर्न अप्ठ्यारो परेको उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सेबोनमा समयानुकुल नेतृत्व चयन हुन नसक्नु तथा ऐन, नियम र निर्देशिका भन्दा बाहिर गएर विषयवस्तुको व्याख्या विश्लेषण हुनुले ऊर्जा तथा जलविद्युत् प्रवद्र्धकहरू नियामकीय निकायको चेपुवामा परेका छन् । जसका कारण यो क्षेत्र नै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ । सेबोनका पछिल्ला काम कारबाही पनि पारदर्शी र उत्तरदायी देखिँदैनन् । विगत केही दिनयता छापाहरूमा ऊर्जा प्रवद्र्धकहरूले बिचौलियाको हवला दिँदै नियामकीय निकायले काम गर्न कमिसन मागेको कुराले ग्रिन इनर्जी अन्ट्रप्रेनर नेपाल (ग्रिन) को ध्यानाकर्षण भएको छ ।’

नियामकीय निकाय र प्रवद्र्धकहरूबीच यस्तो खालको विषयमा द्वन्द्व हुनु दुर्भाग्यपूर्ण भएको भन्दै ग्रिनले नियामकीय निकायले यस्ता कुरालाई प्रश्रय दिनु नहुने जनाएको छ । 

‘सेवाग्राहीलाई समयमै सेवा दिएर द्वन्द्व निरुपण गर्नु नियामकीय निकायको कर्तव्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता खालका गतिविधिमा ध्यान केन्द्रित हुनु भन्दा सेबोन नतिजामुखी हुनुपर्ने हुन्छ । जसरी कार्यमा ढिलाइ गरिएको कुरा सार्वजनिक भएको छ, त्यसका लागि उपयुक्त ऐन नियम जारी गर्न वा विद्यमान ऐन नियमभित्र रहेर कार्य गर्न ग्रिन सेबोनलाई हार्दिक आग्रह गर्दछ ।’

बिनाप्रमाणका गतिविधिहरूको पछाडि नलागी ऐन नियमले तोकेका आफ्ना जिम्मेवारीमै सेबोन केन्द्रित हुन सके मात्रै धितोपत्र बजारसहित समग्र क्षेत्रको भलाइ हुने भन्दै ग्रिनले अबका दिनमा सेबोनले आफ्ना काम कारबाही नियमितरूपमा अगाडि बढाएर विद्यमान द्वन्द्वको निरुपण गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३