विद्युत अपडेट

  • प्राधिकरण : ९५९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५००० मे.वा.घन्टा
  • आयात : ५९८२ मे.वा.घन्टा
  • निर्यात : १८९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५२८४२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २५७४ मे.वा.
२०८२ जेठ २९, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । धनुषाको वीरेन्द्र बजारमा १६.६ एमभीएको पावर ट्रान्सफर्मर जडित ३३/११ केभीको नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । उक्त सबस्टेसन सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले लामो समयदेखि झेल्दै ‘लो भोल्टेज’ जस्ता विद्युत् आपूर्तिको समस्यामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको नेपाल विद्युत् प्राधिकरणको धनुषाधाम वितरण केन्द्रले जनाएको छ । 

मधेश प्रदेश अन्तर्गत प्राधिकरणको योजना व्यवस्थापन निर्देशनालयको आयोजनामार्फत नयाँ सबस्टेसन निर्माण गरिएको सबस्टेसन आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्रकुमार झाले बताए । उनका अनुसार सबस्टेसनले हाल करिब २० किलोमिटर टाढाको धनुषाधाम सबस्टेशनबाट सञ्चालित गोदार फिडरको लोड घटाउन समेत यो नयाँ सबस्टेसनले उल्लेखनीय योगदान गर्ने छ ।

धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशन कुमार सिंहले सबस्टेशन सञ्चालनमा आएसँगै अब वीरेन्द्र बजार र धनुषाधाम सबस्टेसनबीचका केही फिडरहरू रिङ मेन फिडर प्रणालीमा रूपान्तरण गरिने बताए । यस प्रविधिको प्रयोगले विद्युत् आपूर्तिको विश्वसनीयता अझ बलियो बनाउने उनको भनाइ छ ।

विद्युत् सेवा प्रवाहलाई अझ प्रभावकारी, स्थिर र भरपर्दो बनाउँदै लैजाने प्राधिकरणको प्रतिबद्धता अनुसार सबस्टेसन विस्तारका आयोजनाहरू सञ्चालन भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३