विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का नेपाल विद्युत् प्राधिकरण अन्तर्गत निर्माणाधीन कोशी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको प्रगतिबारे जानकारी लिन गृह जिल्ला संखुवासभा भ्रमणका क्रममा तुम्लिङटारस्थित सबस्टेसन पुगेका छन् । सो अवसरमा आयोजनाका प्रमुख राघवेन्द्र झाले मन्त्री खड्कालाई आयोजनाको वस्तुगत अवस्था र हालसम्मका उपलब्धिहरूको विस्तृत जानकारी गराए । उनका अनुसार इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइनमार्फत जलविद्युत् प्रवाह सुरु भइसकेको छ । प्रमुख झाका अनुसार २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भारतको कल्पतरु प्रोजेक्ट्स इन्टरनेशनल लिमिटेडद्वारा पूर्णरूपमा सम्पन्न गरिएको हो । 

त्यस्तै, इनरुवा, बसन्तपुर, बानेश्वर र तुम्लिङटार सबस्टेसनहरूको निर्माण कार्य लार्सन एन्ड टर्बो लिमिटेड चेन्नई, भारतले सम्पन्न गरेको छ । साथै, बसन्तपुर–ढुंगेसाँघु प्रसारण लाइन र ढुंगेसाँघु सबस्टेसन केइसी इन्टरनेशनल लिमिटेड गुडगाउँ, भारतले सफलतापूर्वक सम्पन्न गरेको हो ।

केसी–४ अन्तर्गत बाँकी रहेको दोस्रो सर्किट स्ट्रिङ्ग कार्य अन्तिम चरणमा पुगेको छ, जुन नेपाल हाइड्रो लिमिटेडद्वारा सम्पन्न हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले आयोजनाको सम्पूर्ण सञ्चालन दुहबी महाशाखाअन्तर्गतको ग्रिड सञ्चालन विभागलाई जिम्मा दिइसकेको छ भने पुँजीकरण प्रक्रिया पनि तीव्र गतिमा अगाडि बढिरहेको छ ।

ऊर्जा आपूर्तिमा उल्लेखनीय सुधार ल्याउने विश्वाससहित यो आयोजनाले पूर्वी पहाडी तथा तराई क्षेत्रको स्थानीय र औद्योगिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, लोडसेडिङ न्यूनीकरणमा समेत यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

तुम्लिङटार सबस्टेसनमा आयोजित कार्यक्रममा संखुवासभाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख, वडाध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू तथा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक र कर्मचारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३