विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७  सम्मको सञ्चित मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्न लागेको हो ।

आफ्ना सेयरधनी सदस्यलाई मुनाफाबाट कायम भएको चुक्ता पूँजीको १५ प्रतिशत हुन आउने ३ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ०.७८९५ प्रतिशत हुन आउने  २० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।

आगामी चैत १७ गते हुने वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर र नगद लाभांश वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५, ७५/७६ र ७६/७७ को साधारण सभा एकै पटक गर्दैछ । 

कम्पनीले यसअघि २०७४/७५ को नाफाबाट ४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । तर, साधारणसभा हुन नसक्दा पारित नभएपछि खारेज भएको थियो । उक्त ४ प्रतिशत बोनस सेयर समेत समावेश गरी अहिले १५ प्रतिशत बोनस प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको दोलखामा ३.५२ मेगावाटको चरनावती खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाबाट २०७० जेठदेखि विद्युत उत्पादन भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit