विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौै । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले लामो समयसम्म विद्युत महशुल तिर्न अटेर गरेका ग्राहकको लाइन काटी साढे २ करोड रुपैयाँ बढी विद्युत महसुल बक्यौता उठाएको छ ।  केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा  महसुल नतिर्ने ९७८ ग्राहकको लाइन काटेको हो ।

लाइन काटिएका ग्राहकमध्ये ६२५ जनाले २ करोड ६५ लाख ५५ हजार ७ सय ४८ रुपैयाँ महसुल बुझाएपछि उनीहरुको लाइन पूर्न जोडिएको वितरण केन्द्रका प्रमुख संजीव साहले बताए । उनका अनुसार बाँकी ३५३ जनाले जरिवाना सहितको बक्यौता बुझाएपछि लाइन जोडिने छ ।

केन्द्रका अनुसार लाइन काटिएका ९७८ ग्राहकबाट ४ करोड ८४ लाख ८३ हजार ९ सय ९७ रुपैयाँ महशुल उठाउन बाँकी रहेको थियो । यसमध्ये ६२५ जनाले जरिवानासहितको महसुल बुझाएपछि लाइन पूर्न जोडिएको छ । 

यस्तै, अघिल्लो आव २०७७/७८ मा पनि ६१ जना ग्राहकको लाइन काटिएको साहले बताए । लाइन काटेका ग्राहकबाट ५९ लाख ४ हजार ६२ रुपैयाँ बक्यौता उठानउ बाँकी थियो । 

लाइन काटिएका ग्राहकमध्ये २३ जनाले १६ लाख २० हजार २ सय ९१ रुपैयाँ महसुल बुझाएपछि लाइन पून जोडिएको केन्द्रले जनाकारी दिएको छ । केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने कामलाई तीव्र गतिमा अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit