विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इङवा हाइड्रो पावर लिमिटेडले ३३ केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ९.७ मेगावाटकाे माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनकाे विद्युत प्रवाह हुने १६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कोशी प्रदेश अन्तर्गत पर्ने पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर ३ मा अवस्थित माथिल्लो इङवा खोला साना जलविद्युत आयोजनको स्वीच्यार्डदेखि सोही जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सब–स्टेसनसम्म १६ किलोमिटर लामो डबलर सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृति प्राप्त भए लगतै आयोजना निर्माण्का काम सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।  

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे ३५ दिनभित्र लिखित राय÷सुझाव पेश गर्न आग्रह गरेको छ । 

१६ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइनबाट ९.५ मेगावाटको विद्युत प्रवाह हुनेछ । उक्त प्रसारण लाइनमा ३३० वटा पोलहरु खडा गरिनेछ । पोलको उचाई १३ मिटर तथा पोलहरु बीचको औसत दुरी ३०–६५ किलोमिटर हुनेछ । यस आयोजना निर्माण गर्न ११.२९२ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

लाइनको काम ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदिद्वारा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit