विद्युत अपडेट

  • प्राधिकरण : ८२५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १०९०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६३५३ मे.वा.घन्टा
  • आयात : २९९५ मे.वा.घन्टा
  • निर्यात : ३८५९ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८५३६ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २२७८ मे.वा.
२०८२ जेठ १९, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मध्यभोटेकोसी जलविद्युत कम्पनीको सेयर आवेदन ‘आइएमई पे’ एपबाट दिन सकिने भएको छ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा’ प्रवर्द्धित ‘आइएमई पे’ एपबाट सेयर आवेदन दिन सकिने भएको हो ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै सिन्धुपाल्चोकका स्थानीय वासिन्दालाई लक्षित गरी जारी गरेको सेयर आवेदन ‘आइएमई पे’ मार्फत दिन सकिने व्यवस्था मिलाएको बिक्री प्रबन्धक  ग्लोबल आइएमई क्यापिटललका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले बताए ।

‘आइएमई पे’ बाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । आइएमई पे एपबाट सेयर आवेदन दिदाँ कुनै अतिरिक्त शुल्क नलाग्ने पनि ढकालले बताए ।

मध्यभोटेकासीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि सेयर बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

 निष्कासित सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका वडा नंबर १ र ५, बाह्रबिसे नगरपालिका वडा नंबर ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दालाई छुट्याइएको छ ।

बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि छुट्याइएको छ । स्थानीयले न्युनतम ५० कित्तादेखि अधिकतम ४ सय कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३