विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १० मेगावाटको सिद्धि खोला जलविद्युत् आयोजनामा १ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । बैंकले सिद्धि हाइड्रो पावर कम्पनीले अघि बढाएको एकल ऋण लगानी गर्ने भएको हो ।

आयोजनामा १ अर्ब २९ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गर्न सम्झौता भइसकेको छ ।सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कन्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरे ।

आयोजनामा बैंककाे लगानी कूल लगानीको ७५ प्रतिशत हो । यस परियोजना सम्पन्न गर्न १ अर्ब ७३ करोड (निर्माण अवधिको बाहेक) रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । निर्माण अवधिको ब्याज सहित बाँकी लागत प्रवर्द्धक कम्पनीबाट जुटाइने छ । 

आयोजनाको काम साढे ३ वर्षभित्र सम्पन्न गरी विद्युत् उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ । आयोजना पूरा भएपछि हिउँदमा ८.८० गिगावाट घण्टा र वर्षामा ४६.९११ गिगावाट घण्टा गरि वार्षिक ५५.७१ गिगावाट घण्टा विद्युत उत्पादन गर्ने छ ।

उत्पादित बिजुली १६ किलाेमिटर दुरीमा रहेकाे नेपाल विद्युत प्राधिकरण फिक्कल सबस्टेसनमा जाेडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit