विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इन्टिग्रेडेड हाइड्रो फण्ड नेपाल प्रालिले करिब ३ अर्ब रुपैयाँ लगानीमा १५ मेगावाटको माथिल्लो बम्हायणी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । बागमतीको सिन्धुपाल्चोक जिल्लामा पहिचान भएको आयोजनाको वातावरणीय प्रभाव मुल्याकन (इआए) प्रतिवेदन तयार गरिसकेको छ ।

जुगल गाउँपालिकामा निर्माण हुन लागेको १५.१५ मेगावाटको माथिल्लो बम्हायणी जलविद्युत आयोजनाको काम सम्पन्न गर्न २ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिवेदन स्वीकृतिका लागि वन तथा मन्त्रालयमा पठाएको छ । प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ४.०२ घनमिटर प्रतिसेकेण्ड र ग्रस हेड ४६३ मिटर र नेट हेड ४४४.४४ मिटर हुने गरी प्रस्ताव गरिएको छ ।

आयोजनामा २७४३.२६ मिटर हेडरेस सुरुङ, १४८१.७५ मिटर हेडरेस पाइप र ८९० मिटर लामो पेनस्टक पाइपलाइन निर्माण हुनेछ ।
आयोजनाबाट वार्षिक ८९.०९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । वर्षायाममा ६२.३३ गिगावाट घन्टा र सुख्खायाममा २६.७२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ५ किलोमिटर दुरीमा रहेको बम्हयणी जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजनाको मुख्य संरचनाहरूमा वेयर, अण्डरस्लुइस, इन्टेक, ग्राभेल ट्रयाप, एप्रोच क्यानल, सेटलिङ बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्जसाफ्ट, प्रेसर टनेल, पेनस्टक पाइप, विद्युत गृह तथा टेलरेस क्यानल रहेका छन् । आयोजनाको लागि कुल ८.८ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit