विद्युत अपडेट

  • प्राधिकरण : ८४६५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७७३ मे.वा.घन्टा
  • आयात : २४२३ मे.वा.घन्टा
  • निर्यात : ८९६५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५३४९७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४७७ मे.वा.
२०८३ जेठ २२, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा विद्युत् व्यापार (पावर ट्रेडिङ), खुल्ला पहुँच (ओपन एक्सेस) र अन्तरदेशीय विद्युत् कारोबारको बहस सघन बन्दै गएको छ । यी नवीन र जटिल विषयमा गहिरो ज्ञानयुक्त दक्ष जनशक्तिको भने अझै अभाव देखिन्छ । यही संवेदनशीलतालाई मध्यनजर गर्दै 'मृगशीरा कन्सल्टिङ एण्ड ट्रेनिङ सर्भिसेस'ले आगामी असार १२ र १३ गते दुई दिने आवासीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

'नेपालको विद्युत् बजार र नियमनको बदलिँदो परिदृश्य' विषयक यस प्रकारको प्रशिक्षण कार्यक्रम मृगशीराले दोस्रो पटक आयोजना गर्न लागेको जनाएको छ । नेपालको ऊर्जा क्षेत्रमा दक्ष इन्जिनियर, कुशल वित्तीय विश्लेषक र परिपक्व कानुनी जनशक्तिको कमी नभए पनि 'विद्युत् बजार' आफैंमा एक जटिल र बहुआयामिक रहेकोले यसको गाम्भीर्यता बुझाउन पनि यो कार्यक्रम गर्न लागेको मृगशीराका संस्थापक एवम् प्रमुख इन्जिनियर सरोज कोइरालाले बताए ।

'नेपालमा यससम्बन्धमा पर्याप्त छलफल, विश्लेषण र व्यावहारिक प्रशिक्षणको कमी देखिएको छ, विद्युत् बजारले जनशक्तिबाट बहुआयामिक ज्ञानको माग गर्छ,' उनले भने, 'प्रशिक्षणसँगै प्रशिक्षक र प्रशिक्षार्थीबीच घनिभूत अन्तरक्रिया समेत अत्यावश्यक भएकाले यस कार्यक्रमलाई आवासीय ढाँचामा अघि बढाइएको हो।'

विशेषतः नेपाली निजी क्षेत्रले भारतको प्रणाली प्रयोग गरी विद्युत् व्यापार गर्ने अपेक्षा गरिरहेको वर्तमान अवस्थामा छिमेकी देशको कानुन, नियम र नियामकीय पद्धति बुझ्न अपरिहार्य भइसकेको पनि कोइरालाले बताए । उनी करिब आधा दशकदेखि विद्युत् नियमन आयोगमा परामर्श विज्ञका रूपमा काम गर्दै पनि आएका छन् ।

ऊर्जा क्षेत्रका विज्ञहरूबाट दिइने यस प्रशिक्षणमा भारतीय ऊर्जा बजार (जस्तै इण्डियन इनर्जी एक्सचेन्ज - आइइएक्स), त्यहाँको कानुनी प्रावधान र अन्तरदेशीय व्यापारबाट नेपालका विद्युत् उत्पादन कम्पनीले लिन सक्ने रणनीतिक लाभका बारेमा विस्तृत छलफल हुने कार्यक्रम व्यवस्थापक कपिल ढकालले जानकारी दिए ।

नेपालको जलविद्युत् विकासका लागि लगानी जति महत्त्वपूर्ण छ, नीति र नियमनको मर्म बुझ्ने दक्ष जनशक्तिको क्षमता वृद्धि पनि उत्तिकै अपरिहार्य रहेको कोइरालाको भनाइ छ । सोही उद्देश्यअनुरूप ऊर्जा बजार, नीति र नियमनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न स्थापित मृगशीराले यसअघि पनि विभिन्न वेबिनार र अनलाइन प्यानल छलफल आयोजना गर्दै आएको छ ।

यस प्रशिक्षणले नेपाली ऊर्जा क्षेत्रका नेतृत्वदायी पेशाकर्मीलाई बदलिँदो विश्वव्यापी र क्षेत्रीय विद्युत् बजारको परिदृश्य बुझ्न र सोही अनुसार रणनीति तय गर्न एउटा बलियो प्लेटफर्म प्रदान गर्ने विश्वास गरिएको छ ।

विशेषतः विद्युत् क्षेत्रमा निर्णायक भूमिका खेल्ने व्यावसायिक जनशक्तिलाई लक्षित गरी डिजाइन गरिएको जनाइएको छ । आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ एवम् अनुभवी इन्जिनियरहरू, बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरू, जलविद्युत् आयोजना (पावर प्लान्ट) का व्यवस्थापकहरू तथा ऊर्जा सम्बन्धी कम्पनीका उच्च अधिकारी तथा निर्णयकर्ताहरूके उपस्थिति हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३