विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा जनता समाजवादी पार्टी (जसपा) का नेता शरत सिंह भण्डारी आएका छन् । टोपबहादुर रायमाझीको बर्हिगमनपछि जसपाका बरिष्ठ नेता भण्डारीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएकाे हाे ।

नेकपा माओबादी छोडेर नेकपा एमाले प्रवेश गरेका रायमाझीको सांसद पद गुमेसँगै मन्त्री पद पनि गुमेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) मन्त्री परिषद पुर्नगठन गरी भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका हुन् ।

ओलीले राजेन्द्र महत्ताेकाे नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरी मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । भण्डारीले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेपाली काँग्रेस पार्टीबाट राजनिति जीवनको सुरुवात गरेका भण्डारी मधेसी जनाधिकार फोरम हुँदै अहिले जनता समाजवादी पार्टीको नेता बनेका हुन् । उनले विगतमा पनि पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit