काठमाडौं । माण्डु हाइड्रो पावर कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीले लाभांश पारित गर्न साधारणसभा आह्वान गरेको छ । सभा मंसिर १५ गते बिहान ११ बजे हुनेछ ।