विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार (भदौ १५ गते) देखि नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड अपलायनसेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रर्दशनी–२०८० भइरहेको छ । नेपालमा उत्पादित विद्युतको आन्तरिक खपत बढाउने र विद्युतीय सवारी तथा सामाग्रीका बारेमा जानकारी दिने उद्देश्यका साथ सुरु गरिएको हो ।

प्रर्दशनीमा घरमा प्रयाेग हुने विद्युतीय उपकरण, स्कुटर, इ–रिक्सा, भ्यान, तारदेखि प्रसारण लाइन निर्माण कम्पनीहरूको स्टल रहेका छन् । विद्युतीय स्कुटर र इन्डक्सन चुलोको स्टलमा बढी भिड देखिएको थियो ।

प्रर्दशनीमा राखिएको विभिन्न ब्राण्डका स्कुटरमा छुटको अफर राखिएका छन् । जेस्टिस्, पिनाकल, एग्निमा लगायतका ब्राण्डमा १० हजारदेखि ५० हजारसम्मको छुट अफर राखिएको छ ।

रिसिङको एनिग्मा स्कुटरमा ३० हजारसम्म छुट

रिसिङ ट्रेड्रिङ कम्पनीले स्कुटर खरिदमा २० देखि ३० हजार रुपैयाँसम्मको छुटको अफर राखेको छ ।कम्पनीले क्रिन्क–प्रो मोडलको स्कूटर ३ लाख २० हजार रुपैयाँमा नेपालमा बेच्दै आएको छ । यसमा ३० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले बताएको छ ।

यस्तै, क्रिन्क भी-१ मोडलको ईभी स्कुटरमा खरिदमा पनि ३० हजार छुटको अफर रहेको छ । उक्त स्कूटरको मूल्य २ लाख ८५ हजार रुपैयाँ तोकिएको भए पनि एक्स्पो अफरमा २ लाख ५५ हजार रूपैयाँ मात्र कायम भएको छ । यसैगरी, एन ८ मोडलको स्कुटर २ लाख ४५ हजारमा बिक्री भइरहेको छ । एक्स्पो अवधिभरको खरिदमा जीटी ४५० प्रो मोडलको स्कुटर २ लाख २५ हजार रूपैयाँमा उपलब्ध गराइएको छ ।

जेसिस्ट र राया मोडलको स्कुटरमा ३० हजारसम्म छुट

एमभी दुगड ग्रुप अन्तर्गत विवेक अटोमोबाइन्लस कम्पनीले जेसिस्ट र राया ब्रान्डको स्कुटर खरिद गर्दा २० हजार रुपैयाँसम्मको छुट दिएको छ । यो मोडलको स्कुटर सिंगल र डबल ब्याट्रिमा उपलब्ध छन् । कम्पनीले सिंगल ब्याट्रि जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार र डबल ब्याट्रि जडान भएको स्कुटरको मूल्य ४ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । यी स्कुटरहरू फुल चार्ज गर्नका लागि ३ घन्टा लाग्छ । सिंगल ब्याट्रि जडान भएको स्कुटर फुल चार्ज गरेपछि ६० किलोमिटर र डबल ब्याट्रि भएको स्कटुरले १२० किलोमिटरसम्म गुड्छ ।

लुयुन ब्रान्डमा २० हजारसम्मको छुट

यो स्कुटरमा पनि २० हजार छुटको अफर छ । यसमा ३ वटा मोडलहरूः एमएलके–३, एस–३० र एस–७० प्रो रहेका छन् । एमएनके–३ को मूल्य १ लाख ८७ हजार, एस ३० को २ लाख ९४ हजार, एस ७० को १ लाख ९८ हजार ९ सय निर्धारण गरेको छ । प्रर्दशनी समयावधि भरी यी मूल्यहरूमा २० हजार छुट अफर छ ।

पिनाकल स्कुटर १० देखि २० हजार छुट

पिनाकल मोटरराइड कम्पनीले पनि प्रर्दशनी अवधिभर स्कुटर खरिद गर्नेलाई १० देखि २० हजारसम्मको छुट अफर दिएको छ । कम्पनीले ई ३ वान ब्याट्री मोडलको स्कुटरको मूल्य २ लाख ४९ हजार, ई ३ टू ब्याट्री मोडलको स्कुटरको मूल्य ३ लाख ३४ हजार,  ई ४ वान ब्याट्री भएको मोडललाई ३ लाख १४ हजार र ई ४ ब्रिङ मोडलको मूल्य ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले बीमा तथा बैंक फाइनान्सको पनि सुविधा उपलब्ध गराएको बताएको छ ।

एआइमा स्कुटरमा २४ हजारदेखि ५० हजारसम्म छुट

हिमाल इभी मोर्टस प्रालिको एआइमा स्कुटरमा पनि २४ हजारदेखि ५० हजारसम्मको छुट छ । यो स्कुटरको अफर भने दशैसम्म रहने कम्पनीले जनाएको छ । यो कम्पनीले टाइगर एस–५ र टाइगर सबेर एक्स–६ ब्रान्डको स्कुटर बिक्री गरिरहेको छ । टाइगर एस–५ को मूख्य १ लाख ८७ हजार रुपैयाँदेखि सुरु हुन्छ । अहिले छुट अफरमा १ लाख ६० हजार रुपैयाँसम्म आउने कम्पनीले जनाएको छ । यसैगरी, टाइगर सबेर एक्स–६ को मूल्य ३ लाख ३० हजार रुपयाँ छ । यसमा पनि ५० हजा छुटको अफर रहेको जनाइएको छ ।

लिफानमा पनि २० हजार छुट

लिफान मोटर्सले लिफान ब्रान्डको इ–थ्री मोडलको स्कुटर खरिद गर्दा २० हजार रुपैयाँसम्म छुट दिने अफर ल्याएको छ । यो मोडलको स्कुटरको १५०० वाटको मोटर जडान गरिएको हुन्छ । यसको ब्याट्रि, मोटर र कन्ट्रोलरमा दुई वर्षको वारेन्टी हुन्छ । यो स्कुटर फुज चार्ज गर्दा ७० किलोमिटरसम्म गुड्छ । यसको मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit