विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८२ चैत २६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसालिटी क्लिनिकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा ग्राहकलाई सेवा प्रदान गर्दा छुट दिने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आइएमईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आइएमईका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई ग्यालेक्सी स्पेसालिटी क्लिनिक महाराजगंज, काठमाण्डौंमा प्राप्त हुने सेवाहरु एक्स–रे, युसिजी, इसिजी, इसिएचओ लगायतका सेवाहरुमा १० प्रतिशत सम्म र ओपिडी सेवामा २५ प्रतिशत सम्म छुट पाउनेछ । 

इन्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै, सोही अवसरमा आइएमई प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ग्यालेक्सी स्पेसालिटी क्लिनिक सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकमहानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३