विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २०७८ असार १ गतदेखिको वर्षासँगै पहिरोले नदीमा विलिन बनाएको १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइनको टावर पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको बेला बाढीपहिरोले बगाएको टावर निर्माणको काम सकिन लागेको हो ।

२०७८ असार लाग्नासाथ सुरु भएको अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले बगाएको ४ मध्ये २ टावरको काम सकिएको आयोजना प्रमुख रमेश प्रसाद पौडेलले बताए । बाढीले लाइनको टावर नम्बर एपि ८ए१, एपि ११, एपि ११/१ र एपि १३/२ बगाएको थियो ।

‘लाइनको दुई टावर ठड्याएर लाइन तान्ने काम पूरा भएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘बाँकी दुईवटा पनि भदौ पहिलो साताभित्र पूरा गर्ने लक्ष्य छ, तर पानी निरन्तर परेकोले आवश्यक उपकरण टावर गाड्ने ठाउँमा ढुवानी गर्न समस्या भएकाले केही ढिला हुनसक्छ ।’ बर्षाले असर गरेपनि लाइनको काम भदौभित्र पूरा हुन्छ’ उनले भने ।

बाढीले लाइनको टावर र जग्गा बगाउँदा ३ करोड रुपैयाँ थप लागत लाग्ने पनि पौडेलले बताए । यसअघि लाइनको अनुमानित लागत ३२ करोड रुपैयाँ थियो ।

प्राधिकरणले लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन निजी क्षेत्रको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो लाइन निर्माण गरिरहेको हो । यो लाइनमा प्रवाह हुने गरी २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ लगायतका आयोजना निर्माणाधीन छन् ।

माथिल्लो दोर्दी ‘ए’, दोर्दी–१, दोर्दीकाे काम अन्तिम चरणमा पुगेकाे छ । दोर्दी–१ को काम पूरा भएपछि आफ्नै लाइन पूरा गरी विद्युत प्रणालीमा जोड्न सक्ने पनि पौडेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३