विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा  काठमाडौँको भृकुटीमण्डपमा १२औँ संस्करणको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को आयोजना हुने भएको छ । महासंघले साेमबार पत्रकार सम्मेलन गरी उक्त विषयमा जानकारी गराएकाे हाे । ‘ट्रान्सवेल्ड ट्रान्सफर्मर’ मुख्य प्रायोजक रहेको उक्त प्रदर्शनीले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण र औद्योगिक प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याउने बताइएको छ ।

महासंघका अनुसार सन् १९९६ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रदर्शनीले उत्पादक, आयातकर्ता, वितरक, इन्जिनियर, प्राविधिक र उपभोक्ताहरूलाई एउटै साझा मञ्चमा ल्याएर प्रविधि र व्यावसायिक अवसरहरूको आदान–प्रदान गर्ने वातावरण निर्माण गर्दै आएको छ ।

देशमा जलविद्युत् उत्पादन, प्रसारण एवं वितरण प्रणालीको विस्तार, विद्युत् खपत अभिवृद्धि तथा विद्युतीय सवारीसाधन (इभी) को प्रवर्द्धन तीव्र रूपमा भइरहेको वर्तमान अवस्थामा यो प्रदर्शनी सान्दर्भिक हुने आयोजकको अपेक्षा छ । विशेष गरी सरकारले भर्खरै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को बजेटले ऊर्जा र विद्युतीय क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखेकाले उक्त लक्ष्य हासिल गर्न प्रदर्शनीले महत्त्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ ।

यस वर्षको प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका देशका स्थापित ब्रान्डहरू ट्रान्सवेल्ड, हेभल्स, केइआई, जनता केबल, लेजर इन्डिया, ग्रेटह्वाइट, ब्रिलियन्ट एलइडी, इलेक्ट्रा इलेक्ट्रिक, बजाज, सिमेन्स जस्ता बहुराष्ट्रिय एवं स्वदेशी उद्योगहरूको उल्लेखनीय सहभागिता रहने निश्चित भइसकेको जनाइएको छ । 

प्रदर्शनीमा विद्युतीय उपकरण, ट्रान्सफर्मर, स्विचगियर, केबल, स्मार्ट होम सोलुसन्स, औद्योगिक स्वचालन (इन्डस्ट्रियल अटोमेसन), सौर्य ऊर्जा तथा चार्जिङ पूर्वाधारका क्षेत्रमा भएका नवीनतम प्राविधिक विकासको प्रत्यक्ष अवलोकन गर्न सकिने जनाइएको छ । 

महासंघका अनुसार व्यापारिक प्रवर्द्धनका अतिरिक्त यसले देशलाई क्षेत्रीय ऊर्जा व्यापारको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न र जनचेतना जगाउन समेत मद्दत पुऱ्याउने छ । 

४ दिनसम्म चल्ने यस औद्योगिक उत्सवमा देश–विदेशका उद्योगी, व्यवसायी, नीति निर्माता, इन्जिनियर, प्राविधिक र आम उपभोक्ता गरी करिब २५ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने महासंघको अनुमान छ । 

आयोजकका अनुसार जेठ २२ गतेदेखि सुरु हुने प्रदर्शनी २५ गतेसम्म ४ दिन चल्ने छ । प्रदर्शनी अवधिभर औद्योगिक सम्बन्ध सुदृढ बनाउन व्यावसायिक भेटघाट, अन्तरक्रिया कार्यक्रम र प्रविधि प्रस्तुतीकरणका सत्रहरू समेत सञ्चालन गरिनेछन् । महासंघका अध्यक्ष एवं फिन इलेक्ट्रो–टेक २०२६ मूल आयोजक समितिका संयोजक दिलीपकुमार अग्रवालले प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३