विद्युत अपडेट

  • प्राधिकरण : ८९५६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०२८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२३० मे.वा.घन्टा
  • आयात : २२५३ मे.वा.घन्टा
  • निर्यात : ६४५८ मे.वा.घन्टा
  • ट्रिपिङ : १५०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५१९६९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८२ मे.वा.
२०८२ असार २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकाे छ । नेपाल आयल निगमले आज बिहानदेखि लागु हुने गरी बढाएको ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएकाे हो ।

नजिकिदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निर्णय गरेको निगमले जनाएको छ । आइतबार राती १२ बजेदेखि लागु हुने गरी फिर्ता भएको छ । अब, पहिलेकै मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १८९५, पेट्राेल प्रतिलिटर १८३, डिजेल प्रतिलिटर १७३ रुपैयाँमा किनबेच हुनेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँ वृद्धि गरेको थियो । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाले समायोजन गरी ग्यास प्रतिसिलिन्डर २११० रुपैयाँ कायम गरिएको थियो ।

यसैगरी, निगमले पेट्रोल प्रतिलिटर २, डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । हवाई इन्धन आन्तारिक तर्फ प्रतिलिटर ८ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ १.०३५ डलरबाट १.०९५ डलर पुर्याइएको थियो ।उपभोक्ताले पेट्रोल प्रतिलिटरको मुल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा १८५ रुपैयाँ कायम भएको थियो । डिजेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३