विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, अर्घाखाची वितरण केन्द्रले शुभश्री अग्नि सिमेन्ट प्रा.लि को लाइन काटेको छ । केन्द्रले ट्रंक तथा डेडिकेटेड लाइन प्रयोग गरेबापतको विद्युत् महसुलको बक्यौता र जरीवाना नतिर्ने सिमेन्ट उद्योगको लाइन काटेको हो ।

बारम्बार ताकेता गर्दापनि बक्यौता महसुल नबुझाएपछि १३ गते राति ९ बजे सिमेन्ट उद्योगको लाइन काटेको केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए । अहिले उद्याेग बन्द छ ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड रुपैयाँ वक्यौता नतिरेपछि लाइन काटिएको उनले बताए ।

केन्द्र अन्य साधारण ग्राहकको पनि लाइन काटेर बक्यौता महसुल उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षभित्र मात्र ८६ ग्राहकको लाइन काटेको पनि त्रिलोचन भट्टराईले बताए । केन्द्र अन्गर्तत अहिले ३८ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३