विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ७, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपालको विद्युत् उत्पादनको जडित क्षमता करिब ४ हजार मेगावाट पुगेको छ । झन्डै ११ हजार मेगावाटका आयोजनाले उत्पादन अनुमति पत्र लिएका छन् भने ९ हजार मेगावाटको आयोजनाको अध्ययन अनुमतिपत्र वितरण भएको छ । विद्युत् उत्पादन आयोजनाको तुलनामा प्रसारण लाइन आयोजनाको निर्माण तीव्र गतिमा नहुँदा आउने वर्षको वार्षयामदेखि नै भन्डै १ हजार २ सय मेगावाट विद्युत् प्रसारण गर्न नसकिने अवस्था रहेको ऊर्जा क्षेत्रका विज्ञहरूले अनुमान गरिरहेका छन् ।

त्यसो हुँदा १–२ वर्षभित्रै हाल जडित क्षमताको झन्डै ३ गुणाले प्रसारण पूर्वाधारको विस्तार गर्नुपर्ने उनीहरूको धारणा छ । यही सन्दर्भमा नेपालको प्रसारण पूर्वाधार निर्माणको अवस्था, चुनौती, सम्भावना र आगामी परिदृष्यबारे छलफल गर्न दिवाकर गोल्छा अर्गनाइजेसन र ऊर्जा खबरको संयुक्त आयोजनामा बिहीबार काठमाडौँको मेरियट होटलमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।  ‘नेपालको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण : वर्तमान अवस्था र भावी परिदृश्य’ विषयक उक्त कार्यक्रमका प्रमुख झलक यहाँ प्रस्तुत गरिएको छ :

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३