विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले १३२ केभी मेवा–चांगे डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । ताप्लेजुङको मेवा बेसिनमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी यो प्रसारण लाइनको निर्माण लागिएको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले विद्युत ऐन, २०४९ को दफा ४ मा भएको व्यवस्थाअनुसार विद्युत नियमावली, २०५० को नियम १३ बमोजिम प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिन लागेको हो ।

विभागले ३५ दिने सूचना निकालेर प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका सम्बन्धमा सरोकारवालासँग  लिखित राय /सुझाव मागेको छ । विभागले आफ्नो वा विद्युत प्राधिकरणको कार्यालयमा प्राप्त हुने गरी लिखित राय÷सुझाव पठाउन सम्बन्धित सरोकारवालासँग आग्रह गरेको  छ ।

लाइन प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकाको वडा नम्बर ५ मा प्रस्तावित मेवा सबस्टेसनदेखि मैवाखोला गाउँपालिकाको वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनसम्म निर्माण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २० किलोमिटर लामो लाइनमा ६१ वटा टावर रहनेछ ।

एक टावरदेखि अर्को टावरसम्मको अधिकतम दुरी ७१५ मिटर र न्युनतम ७८ मिटर रहनेछ ।  यो प्रसारण लाइन २०८० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न १ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । लाइन निर्माण पूरा भएपछि जिल्लामा प्रस्तावित कसरब १५४.३५ मेगावाट विद्युत प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit