विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले मन्डनदेउपुर नगरपालिकाको हिगुवापाटीमा विद्युत महसुल काउन्टर सञ्चालन गरेको छ । केन्द्रले नगरपालिकाको विद्युत महसुल संकलन गर्न काउन्टर सञ्चालन गरेको हो ।

नगरपालिकाको स्थानीयलालाई विद्युत महसुल तिर्न समस्या परेकाले ग्राहकको सहजताका लागि काउन्टर सञ्चालनमा ल्याएको केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । उनका अनुसार नयाँ काउन्टर सञ्चालनपछि नगरपालिकाका साढे ६ हजार ग्राहक लाभान्वित भएका छन् ।

अब मन्डनदेउपुरका ग्राहकले पाँचखाल काउन्टरसम्म धाउनु पर्ने बाध्यता हटेको पनि उनले बताए । काउन्टर सञ्चालनपछि स्थानीय हर्सित भएका छन् । काउन्टर सञ्चालनसँगै केन्द्रले विद्युत सेवा विस्तार, चुहावट नियन्त्रण, बक्यौता असुली, काठको पोल फेर्ने लगायतमा तिव्र गतिमा अघि बढेको छ ।

केन्द्र अन्तर्गत रहेको जिर्ण र ढल्ने अवस्थामा रहेको ९५ प्रतिशत काठको पोलको स्थानमा स्टिल वा सिमेन्टका पोलले प्रतिस्थापन गरिएको छ । पूर्ण विद्युतीकरण, अति विपन्न परिवार तथा साँस्कृतिक सम्पदामा मिटर जडान लगायत कार्यका लागि नगरपालिकाले केन्द्रसँग सहकार्य गर्दै आएको छ ।

केन्द्र अन्तर्गत अहिले करिब २० हजार ग्राहक छन् । केन्द्र अन्तर्गत हुकिङ वा चोरी गरेर विद्युत सेवा लिने सबैलाई कारबाही गरेर मिटर जडान गरिएपछि २ वर्षको अवधिमा ५ हजार ग्राहक बढेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३