विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले औराहा–सिमरा १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । मधेश प्रदेशअन्तर्गत बारा जिल्ला र त्यस वरपरको क्षेत्रमा विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन प्राधिकरणले उक्त प्रसारण लाइन आयोजना निर्माणका गर्ने अनुमति पत्रका लागि विद्युत् विकास विभागमा आवेदन दिएर आवश्यक प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणका अनुसार आयोजना अन्तर्गत हाल सञ्चालनमा रहेको पथलैया–परवानीपुर १३२ केभी प्रसारण लाइनको जितपुर सिमरा उपमहानगरपालिका– १४ मा पर्ने टावर नम्बर २५ र २६ को बीचबाट लाइनलाई ‘लुप इन लुप आउट–एलआइएलओ’ गरिनेछ । त्यहाँबाट जितपुर सिमरा उपमहानगरपालिका– ४ औराहामा प्रस्तावित १३२/३३/११ केभी औराहा सबस्टेसनसम्म २.९७ किलोमिटर लामो मल्टी सर्किट (फोर सर्किट) ओभरहेड प्रसारण लाइन निर्माण गरिनेछ । साथै, उक्त औराहा सबस्टेसनदेखि जितपुर सिमरा उपमहानगरपालिका– २ मा रहेको सिमरा ६६/११ केभी सबस्टेसनसम्म ३.६४ किलोमिटर लामो डबल सर्किट भूमिगत प्रसारण लाइन निर्माण गरिनेछ । यही आयोजना अन्तर्गत हालको सिमरा सबस्टेसनलाई १३२/६६/११ केभीमा स्तरोन्नति समेत गरिनेछ, जसले गर्दा आयोजनाको कुल लम्बाई ६.६१ किलोमिटर रहनेछ ।

प्रसारण लाइनबाट कुल २०० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणले जनाएको छ । आयोजना निर्माणका क्रममा ८ वटा एङ्गल प्वाइन्ट र ७ वटा जोइन्ट पिटहरू निर्माण गरिनेछन् । प्रसारण लाइनमा ‘बियर’ एसिएसआर कन्डक्टर र एक्सएलपिई इन्सुलेटेड कपर केबल जडान गरिने तय भएको छ । आयोजनामा प्रयोग हुने टावरहरूको अधिकतम उचाइ ३१ देखि ४५ मिटरसम्म हुनेछ भने दुई टावरबीचको दूरी १३४ देखि ३६१ मिटरसम्म रहनेछ । त्यसैगरी, भूमिगत खण्डमा रहने जोइन्ट पिटहरूबीचको अधिकतम दूरी ५०० मिटर कायम हुनेछ ।

आयोजना निर्माण तथा सञ्चालनका लागि कुल ९.७२९ हेक्टर जग्गा आवश्यक पर्ने प्रारम्भिक प्रतिवेदनले देखाएको छ । जसमध्ये प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) का लागि ४.१०२ हेक्टर, सबस्टेसन निर्माणका लागि ३.१०० हेक्टर, टावरका लागि ०.२४८ हेक्टर, जोइन्ट बक्सका लागि ०.०४५ हेक्टर, ट्रेन्चका लागि ०.७३४ हेक्टर र निर्माण सामग्री भण्डारण क्षेत्रका लागि ०.५०० हेक्टर जग्गा उपयोग गरिनेछ । यस प्रसारण लाइनको मार्गाधिकार (आरओडब्लु) मध्य बिन्दुबाट दायाँ र बायाँ ९/९ मिटर गरी कुल १८ मिटर कायम गरिनेछ ।

आयोजनाको निर्माण सुरु गरिएको २ र्वाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका क्रममा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र लिखित राय तथा प्रतिक्रिया पेश गर्न आह्वान गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३