काठमाडौँ । एनएमबि बैंक लिमिटेड इन्टरप्राइज क्षेत्रतर्फ ‘आइसिटी अवार्ड २०२५’ बाट सम्मानित भएको छ । डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत यस र्बैंकलाई यो अवार्ड प्रदान गरेको हो ।
यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । यस बैंकले नयाँ डिजिटल माध्यम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो ।
बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।