विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल एसएसइ (स्कुल अफ सोशियल इन्टरपे्रनरशिप) प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ ।

सामाजिक उद्यमशिलता प्रवर्द्धन गर्न सञ्चालन गरिएको नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र  कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याचका लागि आवेदन माग गरिएको हो । 

फेलोशिप कार्यक्रम भने यस अघि नै शुरु भइसकेको छ ।  बैंकका अनुसार प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदाय कल्याणको विषयलाई जोड दिएको छ । ऊर्जा लगायतका विभिन्न विषयवस्तु र क्षेत्रमा देशभर  सामाजिक उद्यमशिलता प्रवद्र्धन गर्न जोड दिएको बैंकले जनाएको छ  ।  

मानिसहरुलाई सकारात्मक परिवर्तनमा ल्याउन, समाजिक प्रभाव सृजना गर्न परियोजना वा सोचलाई उद्यममा रुपान्तरण वा विकसित गर्ने यस कार्यक्रमको लक्ष्य हो ।

यसले दिगो विकासको लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्नेछ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्नेछ । 

आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले  तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् । 

आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी  प्रमाणपत्र कार्यक्रमका सहभागिहरुको छनौट गरिनेछ । छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धी विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । ३ महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३