विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ७, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

दमौली । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन निर्माणको काम अघि बढेको छ । प्रसारण लाइन आयोजनाको रुट लट–२ अन्तर्गत रातमाटादेखि न्यु दमौलीसम्मको ४०.०२ किलोमिटर खण्ड तनहुँका पाँच पालिकाका १८ वडामा पर्नेछ ।

एमसिए नेपालका तनहुँ सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार उक्त खण्डमा १९९ वटा प्रसारण लाइन टावर निर्माण हुनेछन् । आयोजनाको निर्माण व्यवसायी एन्जिलक स्किपर जेभी इन्डिया रहेको छ । एमसिए नेपालअन्तर्गत निर्माण हुने प्रसारण लाइनको कुल लम्बाइ ७२.४५ किलोमिटर रहेको छ ।

तनहुँ खण्डमा निर्माण हुने टावरमध्ये १०५ वटा निजी जग्गामा र ७१ वटा सार्वजनिक जग्गामा निर्माण हुनेछन् । प्राविधिक कारणले २३ वटा टावरको काम हाल रोकिएको छ । ती टावरका लागि आवश्यक जग्गा प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम अधिग्रहण प्रक्रिया अघि बढाइएको ढकालले जानकारी दिए ।

आयोजनाबाट तनहुँमा २४१ घरधुरी प्रभावित हुनेछन् । टावर निर्माणका कारण २८४ वटा निजी कित्ता प्रभावित हुनेछन् भने आयोजनाका लागि कुल १२६.८६ रोपनी निजी जग्गा प्राप्त गर्नुपर्नेछ ।

आयोजनाबाट प्रभावित जग्गाधनीलाई मुआब्जा तथा क्षतिपूर्ति वितरणको कामसमेत अघि बढिरहेको छ । निर्णय भइसकेको कुल मुआब्जा तथा क्षतिपूर्ति रकम रु १७ करोड ६ लाख ८९ रहेको छ । त्यसमध्ये गत आर्थिक वर्षको असार मसान्तसम्म १७२ घरधुरीलाई १० करोड ३३ लाख ८८ हजार ७४४ रुपैयाँ मुआब्जा तथा क्षतिपूर्तिबापत वितरण गरिएको ढकालले बताए ।

बाँकी जग्गा अधिग्रहण गरी मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य एमसिए नेपालले लिएको छ । यससँगै प्रसारण लाइनका तारमुनि पर्ने जग्गा अर्थात् मार्गाधिकारको क्षतिपूर्ति निर्धारण तथा वितरणको प्रक्रिया पनि अघि बढाइनेछ ।

मार्गाधिकारअन्तर्गत प्रसारण लाइन निर्माणपछि तारमुनिको जग्गामा पर्ने असरका आधारमा सम्बन्धित जग्गाधनीलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरी चालु आर्थिक वर्षमै क्षतिपूर्ति निर्धारण र वितरण गर्ने लक्ष्य रहेको ढकालले जानकारी दिए ।

विद्युत् उत्पादनतर्फका आयोजना र प्रसारण संरचनाबीच समन्वय कायम गर्दै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न एमसिएअन्तर्गतको प्रसारण लाइन आयोजना महत्त्वपूर्ण मानिएको छ । तनहुँ खण्डमा जग्गा अधिग्रहण, मुआब्जा तथा क्षतिपूर्ति वितरणसँगै रोकिएका टावरका लागि आवश्यक जग्गा व्यवस्थापनको काम अघि बढेपछि निर्माणले थप गति लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३