विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माण सम्पन १० मेगावाटको सौर्य आयोजनाले शुक्रबारदेखि व्यापारिक उत्पादन सुरु गर्ने भएको छ । झापा इनर्जी प्रालिले निर्माण सम्पन्न गरेको आयोजना उत्पादन परीक्षण सम्पन्न गर्न लागेको हो ।

आयोजनको उत्पादन परीक्षण पूरा भएपछि व्यापारीक उत्पादन सुरु गर्न लागिएको कम्पनीका सचिव रामचन्द्र अर्यालले जानकारी दिए । ‘आयोजनाबाट उत्पादन भएको विद्युत् पुस अन्तिम साता राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो,’ उनले सोमबार ऊर्जा खबरसँग भने, ‘विद्युत खरिद सम्झौता (पिपिए) मा भएको व्यवस्था अनुसार परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्न लागिएको छ ।’

‘१५ दिनसम्म परीक्षणकालीन अवधि माघ १० गते सकिन्छ, १२ गते प्राधिकरणसँग छलफल गरेर व्यापारीक उत्पादन सुरु गर्ने योजना छ’ उनले भने । परियोजनाबाट उत्पादित उर्जालाई प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जोडिएको छ ।

८१ करोड रुपैयाँको लगानीमा ४ वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ विगाहा जमिनमा फैलिएको परियोजना माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको छ । परियोजनामा २५ प्रतिशत पब्लिक सेयरबाट लागत रकम जुटाइएको छ ।

कम्पनीले उत्पादीत विद्युत् जोड्न ९६० मिटर लामो प्रसारण लाइन निर्माण गरेको छ । झापा इनर्जीले उत्पादन गरेको ऊर्जा खरिदका लागि प्राधिकरण र कम्पनीबीच यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियूनिट ७ः३० रुपैयाँका दरले खरिद गर्नेछ ।

प्राधिकरणसँग २०७८ मंसिर १२ मा विद्युत् खरिदको सम्झौता भएको थियो । आयोजनाले वार्षिक १ करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक १२ करोड ८५ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३