विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक २, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सरकारले १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय मोडलमा अघि बढाउन छुट्टै प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ’बूढीगण्डकी विकास प्राधिकरण’ सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेसँगै यस प्रक्रिया अघि बढ्ने भएकाृ हो । केही महिनाअघि सरकारले यस राष्ट्र्यि गौरवको आयोजनालाई बहुउद्देश्यीय ढाँचामा अघि बढाउने निर्णय गरेको थियो भने आगामी वर्ष यसलाई प्राधिकरण मार्फत सञ्चालन गर्ने योजना बनाएको छ ।

वि.सं २०७९ मा  नेपाल सरकारले चिनियाँ कम्पनी ’चाइना गेजुवा ग्रुप कर्पोरेसन’ लाई दिइएको अनुमतिपत्र खारेज गर्दै, स्वदेशी लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो ।

योजनाअनुसार, यो आयोजना जलविद्युत् उत्पादनमा मात्र केन्द्रित नभई यसमा सिँचाइ, खानेपानी, मत्स्यपालन र पर्यावरण–पर्यटन (इको–टुरिजम) समेत समावेश हुनेछन् । यस्तो योजनाका साथ, सरकारले १,२०० मेगावाट क्षमताको यस आयोजनाका लागि विभिन्न पक्षका कामहरूलाई समानान्तर रूपमा अघि बढाइरहेको छ । यसबाट राज्यको लगानीमा प्राप्त हुने प्रतिफल अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३