विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अन्तर्राष्ट्रिय कम्पनी थर्म्याक्स लिमिटेडका कन्स्ट्रक्सन केमिकल उत्पादन अब नेपाली बजारमा सहज रूपमा उपलब्ध हुने भएको छ । शुक्रबार एमभी दुगड ग्रुपको सहकार्यमा आयोजित ‘उन्नत निर्माण समाधान’ सम्बन्धी प्राविधिक सम्मेलनमार्फत कम्पनीले नेपालमा आफ्नो उपस्थितिको घोषणा गरेको हो । नेपालका लागि कम्पनीको आधिकारिक वितरक बनेको एमभी दुगड ग्रुपको सहायक कम्पनी चन्दनबाला इन्टरनेसनल मार्फत भौतिक संरचना निर्माणको क्षेत्रमा प्रयोग हुने थर्म्याक्सका उच्चस्तरीय केमिकल उत्पादन नेपालमा उपलब्ध हुने जनाइएको छ ।

कार्यक्रममा कम्पनीले 'परफरमेन्स इन्जिनियर्ड केमिकल्स फर ए बेटर टुमोरो' भन्ने मूल नारासहित थर्म्याक्स केमिकल्सले उच्च गुणस्तरयुक्त कन्स्ट्रक्सन केमिकल्स उत्पादनबारे विस्तृत प्रस्तुतीकरण दिएको थियो । सो क्रममा कम्पनीका विषयविज्ञ तथा विभागीय प्रमुखहरूले उच्च गुणस्तरीय एडमिक्सचर, वाटरप्रुफिङ प्रणाली, मर्मत तथा पुनर्निर्माण आवश्यक केमिकल प्रणालीसहित विभिन्न प्रयोजनका उत्पादनहरूबारे जानकारी गराएइएको थियो । उक्त उत्पादनहरू विशेषगरी टिकाउयुक्त, उच्च कार्यक्षमतायुक्त र गुणस्तरीय हुनाले भौतिक संरचना तथा  पूर्वाधार आयोजनालाई दिगो बनाउने उद्देश्यले विकास गरिएको कम्पनीका केमिकल विभाग प्रमुख राजेश श्रीवास्तवले बताए । भवन निर्माण, ऊर्जा क्षेत्रका पूर्वाधार, खानेपानी, सुरूङमार्ग जस्ता अनेक क्षेत्रका लागि कम्पनीले विगत ४० वर्षदेखि गुणस्तरीय केमिकलहरूको उत्पादन गर्दै आएको उनले बताए ।  

कार्यक्रममा एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले भारतको पुनेमा आधारित भई विश्वका ८० भन्दा बढी देशमा फैलिएको तथा ६० वर्ष पुरानो थर्म्याक्सका उत्पादन आफूले आफ्ना जलविद्युत् संरचनाहरूमा प्रयोग गरी गुणस्तरको लाभ लिएको बताए । ‘थर्म्याक्सका अन्य धेरै उत्पादन र सेवा क्षेत्रहरू छन्,’ उनले भने, ‘ती मध्ये थर्म्याक्स केमिकलले गर्ने उत्पादनको नेपाल प्रतिनिधि हुन पाउँदा एमभी दुगडले खुसी महसुस गरेको छ ।’

सम्मेलनका क्रममा नेपालको भौगोलिक बनावट र जलवायुका कारण निर्माण क्षेत्रमा देखिने चुनौतीहरूमाथि प्राविधिक छलफल गरिएको थियो । उच्चस्तरीय केमिकल प्रविधिले संरचनाको मजबुती, दिगोपन तथा जीवनचक्रमा कसरी सुधार गर्न सक्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो । थर्म्याक्सका प्राविधिक विज्ञहरूले उत्पादन, प्रयोग, उत्तम अभ्यास तथा निर्माण रसायन क्षेत्रमा देखिँदै गएका नवीन प्रवृत्तिबारे जानकारी गराएका थिए । 

यस पहलमार्फत थर्म्याक्स केमिकल्सले नेपालको पूर्वाधार तथा औद्योगिक विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । एमभी दुगड ग्रुपसँगको साझेदारीमा कम्पनीले विश्वस्तरीय, कार्यक्षमतामा आधारित समाधानहरू, बलियो प्राविधिक सहयोग र भरपर्दो स्थानीय सेवासहित उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ । सम्मेलनमा प्रमुख ग्राहक, इन्जिनियर, परामर्शदाता तथा निर्माण उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३