विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावरले ३ महिना अवधिमा साढे २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा सो मुनाफा कमाएको हो ।

साउनदेखि असोजसम्मको अवधिमा २४ करोड ३६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले छ । यो नाफा गत वर्षको तुलनामा १ करोड ७३ लाख २८ हजार रुपैयाँ बढी हो । गत वर्ष २२ करोड ६३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजनाको विद्युत बिक्री गरी ३४ करोड ३८ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । यो पनि गत वर्षको तुलनामा भने बढेको हो । गत ववर्ष ३४ करोड ६ लाख ६५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चिलिमे पावरले पनि २० करोड नाफा कमायो

चिलिमे पावर कम्पनीले २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ३ महिना अवधिमा सो मुनाफा आर्जन गरेको हो ।

कम्पनीले आर्जन गरेको नाफा गत वर्षको यही समयअवधिको तुलनामा भने घटेको हो । कम्पनीले गत वर्ष २२ करोड ३२ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा रसुवामा सञ्चालित २२.१ मेगावाटको चिलिमे विद्युत केन्द्रको विद्युत बिक्री गरी ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी पनि गत वर्षको तुलनामा १ करोड २२ लाख ६८ हजार रुपैयाँ कम हो । गत वर्ष ३६ करोड ३९ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो । नेपाल विद्युत प्राधिकरणले यो अवधिमा न्यून विद्युत खरिद गरेकोले आम्दानी घटेको कम्पनीले जनाएको छ ।

कालीका पावर कम्पनीले पनि ४ करोड १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीको पनि नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष ३ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा विद्युत बिक्री गरेर ६ करोड ५३ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ । यो पनि गत वर्षको तुलनामा बढेको हो ।

रैराङ हाइड्रो पावर डेभलपमेन्टले ४ करोड ६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले विद्युत पहिलो त्रैमाससम्मको अवधिमा रैराङ खोलाको विद्युत बिक्री गरी २ करोड ५४ लाख ९८ हजार रुपैयाँ र इवा खोलाको विद्युत बिक्री गरी ८ करोड ९४ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

खानी खोला हाइड्रो पावर कम्पनीले पनि ३ महिना अवधिमा ७० लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही समयअवधिमा घाटामा रहेको कम्पनीले खुद नाफा कमाएको हो । 

यो अवधिमा विद्यसत बिक्रीबाट ४ करोड ५७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष २ करोड ९१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit