विद्युत अपडेट

  • प्राधिकरण : ५७४७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३८३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४८०७ मे.वा.घन्टा
  • आयात : ९११६ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३४५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९६२ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८८२ मे.वा.
२०८२ ब‌ैशाख २२, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्कनुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि सुरु भएको ऊर्जा सप्ताहमा भाग लिएर मन्त्री खड्का आज बेलुका स्वदेश फर्किएका हुन् । 

मन्त्री खड्कालाई ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तामाङ, सिंचाई सचिव सरीता दवाडी, विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, मन्त्रालयका सहसचिव जिबछ मण्डललगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजना भएको उक्त सप्ताहमा नयाँ प्रविधिको प्रयोगमार्फत कार्वन न्यूनीकरणको विभिन्न मोडलको विषयमा छलफल भएको थियो । 

उक्त सप्ताहमा मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’सम्बन्धी दुई वटा मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गरेका थिए । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गरेको छ । 

भारत भ्रमणका क्रममा ऊर्जामन्त्री खड्काले भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर, जलशक्तिमन्त्री सीआर पाटिल र पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीपसिंह पुरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा दुई देशवीचको ऊर्जा सहकार्य, पञ्चेश्वर, सप्तकोशी बहुउदेश्यीय आयोजनालगायतलाई अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री खड्काले जानकारी दिए । 

भारतको ऊर्जा सप्ताहमा १० देशका ७० हजार ऊर्जा व्यवसायी सहभागिता रहेको थियो । यस्तै, विभिन्न ९० सत्रमा ऊर्जा विकास सम्बन्धी छलफल, ७ सय ऊर्जा प्रदर्शनी कक्ष राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३