काठमाडाैँ । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यहरूका लागि ६ प्रतिशत नगद लाभांस पारित गरेको छ । कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको कम्पनीको पुस २७ गते भएको साधारणसभाले लाभांस पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित भएको कम्पनीले जनाएको छ । सभाले ५ कराेड १० लाख रुपैयाँ नगद लाभांस पारित गरेकाे हाे ।
सभाले वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गरेको छ । सभाबाट पारित भएको लाभांस लगानीकर्तालाई वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीको कास्की जिल्लामा १३ मेगावाटको मदुक्यु जलविद्युत आयोजना सञ्चालनमा छ ।