विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चैत यता साढे ८ सय मेगावाट बढीका विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । कोरोना (कोभिड–१९) महामारीकाबीच पनि अध्ययन पूरा भई निर्माणमा जाने चरणका  जलविद्युत तथा सौर्य विद्युत आयोजनाले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएका हुन् ।

अहिलेसम्म आवेदन दिएका ३९ आयोजनाका प्रवर्द्धक कम्पनीले उत्पादन अनुमतिपत्र लिएको विभागले जनाएको छ । विभागका अनुसार अध्ययन पूरा गरेका ८ सय ६७ मेगावाटका आयोजनाले उत्पादन अनुमतिपत्र लिइसकेका छन् ।

अनुमतिपत्र जारी भएकोमा ३३ वटा जलविद्युत आयोजना छन् । यी आयोजनाको  जडित क्षमता ८ सय ३३ मेगावाट छ । यी आयोजना ३.२ मेगावाटदेखि १ सय २८ मेगावाटसम्मका रहेकाे पनि विभागले जानकारी दिएकाे छ ।

अनुमतिपत्र जारी भएकामध्ये ५० मेगावाट माथिका ६ जलविद्युत आयोजना छन् । सबैभन्दा ठूलो ताप्लेजुङको तमोर नदीमा निर्माण हुने १ सय २८ मेगावाटको तमोर-मेवा जलविद्युत आयोजना छ । यो आयोजना स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गर्दैछ । लगानीको टुंगो लागेपछि निर्माणमा जानेछ ।

यस्तै, ९७.२ मेगावाटको इसुवा खोला आयोजनाको प्रवर्द्धक केबीएनआर इसुवा पावर कम्पनीले पनि यही अवधिमा विभागबाट उत्पादन अनुमतिपत्र लिएको छ । कालिका इनर्जी कम्पनीले सिन्धुपाल्चोकस्थित ६२ मेगावाटको भोटेकोसी-५, दूधकोसी हाइड्रो पावर नेपालले ७० मेगावाटको दूधकोसी–२ आयोजना निर्माण गर्न अनुमति पाएका छन् ।

विभागले ५७.३ मेगावाटको म्याग्दी खोला र ८६.५९ मेगावाटको लान्द्रुक मादीबाट विद्युत उत्पादन गर्न हाइड्रो भिलेज र अन्नपूर्ण विद्युत विकास कम्पनीलाई अनुमति दिएको छ । अनुमतिपत्र लिने बाँकी आयाेजना ५० मेगावाट मुनिका छन् ।

यस्तै, सौर्य ऊर्जाबाट विद्युत उत्पादन गर्न ६ कम्पनीले अनुमतिपत्र लिएका छन् । यी कम्पनीले ३१.१७ मेगावाट विद्युत उत्पादन गर्नेगरी विभागकाट अनुमतिपत्र लिएका हुन् । विभागले पछिल्लो ५ महिनामा यी सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले १.३७ मेगावाटको सौर्य विद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिएको छ । सगरमाथा इनर्जी एण्ड कंस्ट्रक्सन, सौर्य विद्युत पावर, ग्लोबल इनर्जी एण्ड कंस्ट्रक्सन, जीआइ सोलार र पिवर इनर्जीले क्रमश ३ मेगावाट, २ मेगावाट, ८ मेगावाट, ६.८ मेगावाट र १० मेगावाटको आयोजना निर्माण गर्न अनुमतिपत्र लिएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit