काठमाडौं । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालका पिता मधुसूदन पौड्यालको गएको शनिबार (साउन २१ गते) निधन भएको छ । अचानक फोक्सोमा समस्या देखिएपछि चावहिल मेडिकेयर अस्पतालमा भर्ना गरिएका पौड्यालको उपचारका क्रममा निधन भएको हो ।
८० वर्षीय पौड्यालको शनिबार अपरान्ह नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ३ छोरा र २ छोरीका पिता पौड्याल जीवनको सुरुवाती दिनमा नापी कार्यालयमा जागिरे थिए । नापी कार्यालयपछि लामो समयसम्म सोल्टी होटेल अनि नेपाल रेडक्रस सोसाइटीमा आवद्ध रहेका थिए ।
जीवनको उत्तरार्धतिर रेडक्रस सोसाइटीसँग जोडिएका पौड्याल समाज उत्थानका विविध पक्षसँग आवद्ध थिए ।