विद्युत अपडेट

  • प्राधिकरण : ९६७८ मे.वा.घन्टा
  • सहायक कम्पनी : १६४२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४९१२ मे.वा.घन्टा
  • आयात : ३५० मे.वा.घन्टा
  • निर्यात : १९६९४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७१३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३००० मे.वा.
२०८३ असार २६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको आयोजना व्यवस्थापन निर्देशनालयले ‘विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना’को परामर्शदाता सेवाका लागि जापानी कम्पनी निप्पोन कोई जेभी (संयुक्त उपक्रम) लाई छनोट गरेको छ । एसियाली विकास बैंकको ऋण सहयोग (ऋण नम्बर ४५२०-एनइपी) मा सञ्चालित आयोजना कार्यान्वयन परामर्शदाताका रूपमा निप्पोनलाई  छनोट गरिएको हो ।

परामर्शदाता नियुक्तिसम्बन्धी सम्झौता पत्रमा बिहीबार (असार २४ गते) हस्ताक्षर भएको आयोजना प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिएका छन् । उनका अनुसार उक्त संयुक्त उपक्रममा निप्पोन कोईको नेतृत्वमा म्यासेडोनियाको कोलेन्को कन्सल्टिङ लिमिटेड र नाइजेरियाको कोलेन्को कन्सल्टिङ लिमिटेड रहेका छन् । यसैगरी, उप-परामर्शदाताका रूपमा भारतको निपोन कोई इन्डिया र नेपालको वाटर एसिया इन्टरनेसनल प्रालि रहेका छन् ।

आयोजना व्यवस्थापन निर्देशनालयका आयोजना प्रमुख वीरेन्द्रकुमार झाका अनुसार यो सम्झौताको कुल रकम ६१ लाख ६५ हजार ४ सय ६२ अमेरिकी डलर तथा ५० करोड ५० लाख ३८ हजार ९ सय ५४ रुपैयाँ रहेको छ । यो रकम भैपरी आउने खर्चसहित तर मूल्य अभिवृद्धि करबाहेकको हो ।

प्राधिकरणले २०८१ साल चैत ८ गते (सन् २०२५,  २१ मार्च) आशयपत्र (इओआई) आह्वान गरी संक्षिप्त सूचीमा परेका पाँच संस्थालाई २०८२ कात्तिक २ गते (१९ अक्टोबर २०२५) प्रस्ताव (आरएफपी) पेश गर्न आमन्त्रण गरेको थियो ।

सो प्रक्रिया अन्तर्गत २०८२ पुस ३ गते (१८ डिसेम्बर २०२५) तीन अन्तर्राष्ट्रिय कम्पनीहरू– जर्मनीको गोपा टेक जिएमबिएच, जापानको निप्पोन कोई र पावर ग्रिड इन्डियाले मात्र आफ्ना प्राविधिक र आर्थिक प्रस्ताव पेश गरेका थिए ।

गोपा टेकले ९३ लाख ५० हजार ९१२.३० अमेरिकी डलर तथा ७० लाख रुपैयाँ, जापानी नेप्पोन कोई कम्पनी लिमिटेडले ९६ लाख ५० हजार ४१२.३० अमेरिकी डलर र भारतीय कम्पनी पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडले ७५ लाख ५७ हजार ३८५.३० अमेरिकी डलर तथा ५५ करोड ७३ लाख ३३ हजार २७५ रुपैयाँको वित्तीय प्रस्ताव पेश गरेका थिए ।

परामर्शदाता छनोट भएसँगै अब देशको विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई थप सबल र सुदृढ बनाउने कार्यले थप गति लिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३