विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । दोर्दी जलविद्युत कम्पनीको सेयर आवेदन अवधि थप भएकाे छ । कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजनाकाे स्थानीयका लागि  निष्कासन गरिएकाे सेयर आवेदन अवधि थप भएकाे हाे ।

कम्पनीले गत बैशाख १३ गतेदेखि स्थानीयका लागि सेयर आवेदन खुल्ला गरेकाे थियाे । माग अनुसारकाे दरखास्त प्राप्त नभएकाेले आगामी जेठ ५ गतेसम्म अवधि थप गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीले सय रूपैयाँ अंकित १० करोड ५४ लाख २६ हजार रूपैयाँ बराबरको साधारण सेयर निष्कासन गरेकाे छ। 

लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दा (साविकको भारते, अर्चनबोट, थीमन्ज्याङ, नौचर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिमेटक्सार) का लागि निष्कासन गरिएको छ। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट बैशाखभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३