विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीको (एलजीबीटीक्यू) समूहलाई लक्षित गरी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । ‘वित्तीय जागरण, आजको आवश्यकता’ भन्ने नारासहित एक कार्यक्रमको आयोजना गरी बैंकको चावहिल शाखाले उक्त सचेतना प्रदानसम्बन्धी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित सहभागीलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड, विभिन्न प्रकारका बचत, कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूबारे वित्तीय शिक्षा प्रदान गरिएको हो ।

ब्लु डायमण्ड सोसाईटीका अध्यक्ष शितल पिंकी गुरुङ उपस्थिति रहेको कार्यक्रममा गरिमा विकास बैंकको जोखिम व्यवस्थापन विभाग प्रमुख दीपकराज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख इच्छा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो । ब्लु डायमण्ड सोसाईटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको जनाएको छ । 

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit