विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल र भारतबीच सहज एवम् द्रुतरूपमा रकम स्थानान्तरण गर्न मिल्ने गरी नयाँ 'इन्डो–नेपाल रेमिट्यान्स' सेवा सञ्चालनमा ल्याएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको प्राविधिक सहकार्यमा बैंकले यो सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवातसँगै अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउने कार्य पहिलेभन्दा सुरक्षित, भरपर्दो र झन्झटमुक्त हुने बैंकले विश्वास लिएको छ ।

भारतबाट पैसा पठाउनासाथ बैंकमा रहेको व्यक्तिगत खातामा वास्तविक समयमै रकम जम्मा हुने जनाइएको छ । अब पैसा मगाउन वा पठाउन लामो बैंक खाता नम्बर सेयर गरिरहनु पर्ने छैन । साथै, बैंकले सुरक्षाका लागि छुट्टै भर्चुअल ठेगाना उपलब्ध गराउने छ, यसकै आधारमा कारोबार गर्न सकिने छ ।

बैंकका अनुसार ग्राहकले बैंकको मोबाइल बैंकिङ एप वा आधिकारिक वेबसाइटमार्फत आफैँ यो सेवा प्रयोग गर्न सक्नेछन् । साथै, बैंकका शाखाहरूमा पुगेर पनि कर्मचारीको सहयोगमा सेवा लिन सकिने व्यवस्था मिलाइएको छ ।

व्यक्तिगत प्रयोजन वा घरखर्चका लागि भारतबाट पैसा मगाउने ग्राहकलाई लक्षित गर्दै ल्याइएको यो सेवामा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । ग्राहकको रकम सुरक्षित रहोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले निरन्तर निगरानी गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल एनएमबि बैंकले देशभर रहेका १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३