विद्युत अपडेट

  • प्राधिकरण : ९११४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८८० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३८७२ मे.वा.घन्टा
  • आयात : ३९८ मे.वा.घन्टा
  • निर्यात : १९६२३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७१२६४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३१०५ मे.वा.
२०८३ असार २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एलिभेट इनर्जी प्रालिले ३०६ मेगावाटको ‘माथिल्लो मुगु कर्णाली आंशिक–जलाशय जलविद्युत् आयोजना’ निर्माण अघि बढाउने भएको छ । यसका लागि उत्पादन अनुमतिपत्रको माग गर्दै प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन अनुसार मुगुको मुगुम कर्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिका भई बग्ने मुगु कर्णाली नदीको पानी सदुपयोग गर्ने गरी आयोजना निर्माण गर्न लागिएको हो । यसका मुख्य भौतिक संरचनाहरू मुगु कर्णाली नदीको बायाँ किनारमा रहने छन् ।

आयोजनामा ६२ मिटर लम्बाइ र २७ मिटर उचाइको ब्यारेज निर्माण गरिनेछ, जसको अधिकतम सञ्चालन स्तर समुद्री सतहबाट २२८१.६ मिटर उचाइमा रहनेछ । आयोजनाको डिजाइन बहाव ९०.२ घनमिटर प्रतिसेकेन्ड र ग्रस हेड ४२०.३५ मिटर रहने छ । ब्यारेजबाट लिइएको पानीलाई सुरुङ मार्ग हुँदै फर्काएर आयोजनाको सतही विद्युत्‌गृहमा रहेका ४ वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ । 

आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक औसत १६२९.२५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने देखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेसनमा जोड्ने योजना छ । कम्पनीले सन् २०३३ को अगस्टसम्ममा आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

आयोजना निर्माण तथा सञ्चालन गर्दा स्थानीय वातावरण र जनजीवनमा पर्न सक्ने सम्भावित प्रतिकूल असरहरूका बारेमा सरोकारवालाहरूबाट ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन आह्वान गर्दै विभागले मंगलबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३