विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माण्डु हाइड्रो पावर लिमिटेडले असार २८ गतेदेखि साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजारको १२ प्रतिशत अर्थात १६ लाख ३६ हजार ३ सय ७० कित्ता साधारण सेयरमध्येको २ प्रतिशतको सय रुपैयाँ अंकितमा प्रिमियम १०६ थप गरी २०६ का दरलले २ लाख ७२ हजार ७ सय ३० कित्ता सेयर ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर १ र २ मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ का लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात १ लखा ३६ हजार ३ सय ६४ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गरिनेछ । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय तथा वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा प्रभावित स्थानीयका लागि निष्कासन गरिनेछ । स्थानीय र वैदेशिक रोजागरीमा गएका नेपाली नागरिकले यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

स्थानीयले छिटोमा साउन ११ गतेसम्म र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले साउन ११ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीको २२ मेगावाटको बगमती साना जलविद्युत आयोजना सञ्चालनमा छ । सञ्चलनमा रहेको बागमती साना जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit