विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बागमती वाटर इनर्जी प्रालिले ललितपुर जिल्लाको बागमती गाउँपालिकामा पहिचान भएको ६.५ मेगावाटको माल्टा बागमती जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले प्रस्तावित आयोजनाको अध्ययन पूरा गरी संरचनागत निर्माण सुरु गर्न अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असर पर्ने भएमा सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ ।

१४.१५ घनमिटर प्रतिसेकेन्ड डिजाइन बहाव हुने यस आयोजनाको कुल हेड भने ५५ मिटर रहने अध्ययनले देखाएको छ । आयोजनाको मुख्य संरचनाहरू बागमती नदीको बायाँ किनारमा पर्दछन् । बागमती नदीमा बाँध बाँधी खोलाको बायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरू हुँदै अर्धसतही विद्युत्‌गृहमा लगिनेछ ।

अर्धसतही विद्युत्‌गृहमा ३.२५ मेगावाटको २ वटा भर्टिकल एक्सेस टर्वाइनहरूमा पानी खसाली सो टर्वाइनसँग जोडिएका २ वटा ३.८२ एम.भी.ए को थ्री फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट वार्षिक ३८.१५७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत्‌लाई ५ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको ३३ केभी माल्टा सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी २०८३ बैशाखभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit