विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेखमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले २६८ औं शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा सञ्चालन गरेको छ । दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रूपमा नबिल बैंक सफल भएको छ । 

बैंकका अनुसार दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, बैंकका सिइओ मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरू, उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्धघाटन गरिएको बैंकले जनाएको छ । 

बैंकको शाखा सञ्चालनमा आएसँगै दूल्लू नगरपालिका प्रमुख रिजालका अनुसार स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताएका छन् । उक्त नगरपालिकाको जनताको वित्तीय पहुँच बढाउन र उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले सहयोग पुर्‍याउने विश्वास रहेको रिजालले बताए । 

बैंकका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लूमा शाखा सञ्चालनमा ल्याउन पाएकोमा खुशी भएका छन् । साथै उनले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको समेत जानकारी दिएको छन् । 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit